Government of Nepal

Ministry of Agriculture and Livestock Development

Department of Agriculture

Center for Agricultural Infrastructure Development and Mechanization Promotion

Hariharbhawan, Lalitpur

Introduction

नेपाल एक कृषि प्रधान देश भएकोले कृषि क्षेत्रको विकास प्रयासमा राष्ट्रले प्राथमिकताका साथ साधन श्रोतहरू परिचालन गर्दै आएको छ । परिचालित साधन श्रोतहरू मुख्यतयाः रासायनिक तथा जैविक प्रयासहरूमा सीमित थिए भन्दा अत्युक्ति नहोला । फलस्वरुप खाद्य सुरक्षामा केही हदसम्म सफलता प्राप्त हुनुको साथै कृषि विकासको दरमा पनि वृद्धि भएको देखिन्छ । कृषि विकास रणनीतिले परिलक्षित गरेको कृषि विकासको वृद्धि दर हासिल गर्नको लागि कृषिको व्यवसायिकरण गर्नुका साथै कृषि बजार व्यवस्थानमा पनि त्यत्तिकै ध्यान दिन आवश्यक छ । त्यसको लागि कृषि ईन्जिनियरिङ्ग प्रविधिको योगदान पनि अत्यन्तै महत्वपूर्ण हुन सक्दछ । हाम्रो जस्तो कृषि प्रधान देशको सामाजिक तथा आर्थिक सम्वृद्धि गर्न ग्रामीण आय वृद्धिको आवश्यकता पर्दछ भने ग्रामीण आय, रोजगारी र खाद्य सुरक्षामा निर्भर गर्दछ । ग्रामीण क्षेत्रको कृषि आय तथा खाद्य सुरक्षा सुनिश्चित गर्न भूमि तथा श्रम उत्पादकत्व वृद्धि गर्न आवश्यक पर्दछ । यसको लागि कृषिमा व्यावसायिकरण, कृषि बजारमा सहज पहुँच तथा कृषि ईन्जिनियरिङ्ग साथै जैविक प्रविधिहरूको संयुक्त प्रयासको आवश्यकता पर्दछ ।

निर्वाहमूखी कृषि प्रणालीलाई बजारमूखी, प्रतिस्पर्धी र व्यवसायिक कृषि प्रणालीको रुपमा विकास गरी कृषि उपजको बिक्री वितरणलाई व्यवस्थित बजार प्रणालीबाट उपभोक्तासम्म सरल र उचित मूल्यमा पूर्‍याउन तिन दशक देखि सांगठनिक संरचना निर्माण तथा पुनर्गठन हुदै परिवर्तनका प्रयासहरु हुने क्रममा मिति २०६०/०८/०४ को नेपाल सरकारको निर्णय अनुसार २०६१ साल देखि कार्यान्वयनमा आएका तात्कालिन कार्यालयहरु कृषि व्यवसाय प्रवर्द्धन तथा बजार विकास निर्देशनालय अन्तर्गतका बजार अनुसन्धान तथा तथ्याङ्क व्यवस्थापन कार्यक्रम, कृषि वस्तु निर्यात प्रवर्द्धन कार्यक्रम र कृषि व्यवसाय प्रवर्द्धन कार्यक्रम साथै कृषि ईन्जिनियरिङ्ग निर्देशनालय समेत नेपालको संविधान २०७३ ले निर्दिष्ट गरे बमोजिम राज्यको पुनःसंरचना संगै २०७५ भाद्र १ गते देखि उपरोक्त साविकका संरचनाहरुबाट संघिय संरचना अनुसार एकिकृत भई कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्रको रुपमा रहेको छ । यस केन्द्र अन्तर्गत कृषि यान्त्रीकरण प्रवर्धन केन्द्र, नक्टाझिज, जनकपुर पनि रहको छ ।