- कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरणको क्षेत्रमा देशको फोकल कार्यालयको रुपमा कार्य गर्ने,
- कृषि तथा पशुपन्छी विकास मन्त्रालय र कृषि विभागको सम्बन्धित निकायसंग समन्वय गरि कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्वन सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्ने,
- अन्तरगतका केन्द्रहरुको तालुक कार्यालयको रुपमा कार्य गर्ने,
- राष्ट्रिय स्तरमा बजार पूर्वाधार निर्माण, स्तरोन्नती, सुधार तथा विकासमा सहयोग गर्ने,
- शित भण्डारहरुको पूर्वाधार विकास तथा प्रवर्द्धनमा सहयोग गर्ने,
- सार्वजनिक नीजि साझेदारीमा कृषि बजार पूर्वाधार विकास गर्ने,
- कृषि यान्त्रीकरण तथा पूर्वाधार विकास सम्वध्द समस्या पहिचान र समस्या समाधानका लागि कृषि विभाग तथा मन्त्रालयलाई नीतिगत सुझाव, दिने,
- अन्तरगतका फार्म केन्द्रहरुमा नविनतम प्रविधि प्रदर्शन तालिम तथा प्रसारणको व्यवस्था सम्वन्धी कार्य,
- कृषि क्षेत्रका पूर्वाधारहरुको विकास तथा व्यवस्थापन कार्यक्रमहरु सञ्चालन गर्ने,
- देशव्यापी कृषि यन्त्रहरुको प्रवर्द्धन, प्रसार तथा सम्बद्ध कार्यहरु सञ्चालन गर्ने,
- कृषि उत्पादन तथा उत्पादकत्व बृद्धिका लागि सिंचाइ सुविधाको प्रभावकारी उपयोग सम्वन्धी कार्यको समन्वय,
- कृषि यान्त्रीकरण एवं पूर्वाधार विकासमा कृषक एवं अन्य सरोकारवालाहरुको दक्षता एवं क्षमता अभिबृद्धि,
- राष्ट्रियस्तरमा कृषि मेशिनरी तथा औजार उपकरण उत्पादक तथा वितरकहरूको क्षमता अभिवृद्धी गर्ने,
- स्थानिय तहबाट परम्परागत रुपमा उत्पादन भई प्रयोगमा आईरहेका कृषि यन्त्र र औजारहरूको अभिलेख तयार गरी उत्पादकको क्षमता र दक्षता अभिवृद्धि तथा औजारको क्षमता वृद्धि गर्न अध्ययन तथा कृषि यान्त्रिकरणसँग सम्बन्धित Ergonomic र Safety का कार्यहरु,
- Land consolidation (चक्लाबन्दी) मार्फत आधुनिक खेती प्रणालीको विकास तथा विस्तार गर्ने,
- सामुदायिक पोष्टहार्भेष्ट तथा सामुदायिक कृषि यान्त्रीकरण सेवा स्थापनाको लागि आवश्यक सहयोग गर्ने,
- कृषि यान्त्रीकरण प्रवर्द्धन नीति, २०७१, अनुसार कार्यक्रम सञ्चालन गर्ने,
- राष्ट्रियस्तरमा यान्त्रीकरण कार्यक्रमको अनुगमन, मूल्याङ्कन तथा विष्लेषण सम्बन्धि कार्य गर्ने,
- पूर्ण यान्त्रीकरण खेती प्रणाली (Fully Mechanized Farm) हरुको प्रवर्धनात्मक कार्य गर्ने,
- नेपाल सरकारले तोकेको कृषि पूर्वाधार विकास, कृषि यान्त्रीकरण एवं कृषि बजार प्रवर्द्धन सम्वन्धी अन्य कार्यहरु ।
...